ट्रम्प विरुद्ध ६ सय भन्दा बढी र्याली !
- एजेन्सीराष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध अमेरिका लगायत विश्वभरका सहरमा बिशाल प्रदर्शन भएका छन् । ४५ औं राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै ट्रम्पको विरुद्धमा अमेरिकाको वासिङ्टन सहित विभिन्न मुलुकका प्रमुख सहरमा ६ सय भन्दा बढी र्याली आयोजना गरिएको हो ।
ट्रम्पको कार्यकालमा यौनजन्य हिंसा बढ्ने र महिला अधिकार जोखिममा पर्ने भन्दै अधिकारकर्मीको आव्हानमा र्याली आयोजना गरिएको हो । राजधानी वासिङ्टन डिसीमा आयोजित र्यालीमा ५ लाख भन्दा बढीको सहभागिता रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
महिलाका सवालमा विश्व समुदायको ध्यानाआकर्षणका लागि आयोजित र्यालीमा शिकागोमा डेढ लाख, बेलायतको लण्डनमा ८० हजारदेखि १ लाख जनाको उपस्थीति रहेको थियो ।
अष्ट्रेलिया, न्युजिल्याण्ड, नेदरल्याण्ड, जर्मनी, स्वीजरल्याण्ड लगायतका युरोपेली मुलुका साथै तथा एसियाली राष्ट्रमा पनि ट्रम्प बिरुद्धको प्रदर्शन भएको बताइएको छ ।