अन्तर्राष्ट्रिय

जिग्मे दोर्जी वाङचुक गोल्डकपको पहिलो सेमिफाइनलमा आर्मीले पारो एफसीसँग खेल्दै

काठमाडौं

- जिग्मे दोर्जी वाङचुक गोल्डकपको पहिलो सेमिफाइनलमा आर्मीले पारो एफसीसँग खेल्दै 
भुटानमा जारी जिग्मे दोर्जी वाङचुक गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मीले स्थानीय पारो एफसीसंग प्रतिस्पर्धा गर्दैछ ।

फुट्सोलिङस्थित पीएसए फुटबल मैदानमा नेपाली समयानुसार पौने ३ बजे सुरु हुनेछ । आर्मीले क्वाटरफाइनलमा थिम्पु सिटीलाई ६–० ले हराउदै सेमिफाइनल यात्रा तय गरेको थियो । पारोले प्रान जाईतोन एफसीलाई हराउँदै आर्मीसंँगको सेमिफाइनल भेट पक्का गरेको हो । 

आजको विजेताले फाइनल प्रवेशका लागि थ्रीस्टार र भारतको युनाईटेड ब्रदर्सबीचको बिजेतासँंग प्रतिस्पर्धा गर्नेछ । उपाधि भिडन्त शुक्रबार हुनेछ ।