अन्तर्राष्ट्रिय

बालबालिकालाई याताना दिने दुई दम्पत्तीलाई आजीवन जेल 

बीबीसी

छोराछोरीलाई वर्षौदेखि भोकभोकै राखी यातना दिएको आरोपमा अमेरिकाको क्यालिफोर्नियाका एक दम्पत्तीलाई अदालतले आजीवन काराबासको सजायँ सुनाएको छ । उनीहरुले आफ्ना १३ जना छोराछोरीलाई ९ वर्षदेखि घरमै थुनेर यातना तथा दुर्व्यवहार गरेको स्वीकार गरेपछि अदालतले आजीवन जेल सजायँ सुनाएको बीबीसीले उल्लेख गरेको छ ।

गत वर्ष एक १७ वर्षीय छोरी घरबाट भागेपछि ती दम्पत्तीबारेको तथ्य सार्वजनिक भएको थियो । त्यसलगत्तै उनीहरु पक्राउ परेका थिए । जेल सजाय सुनाईएपछि उनीहरुका सन्तानले आमाबुवालाई आफूहरुले माफी दिएको बताएका छन् ।

जेलमा रहँदासम्म राम्रो व्यवहार गरे ती दम्पत्तीलाई अदालतले २५ वर्षपछि रिहा गर्न पनि सक्नेछ । ती बालबालिकाहरुलाई एक सहयोगी संस्थाले आश्रय दिने जनाएको छ ।