अन्तर्राष्ट्रिय

प्रतिवदेनको पूर्णपाठ बाहिर ल्याउन माग गर्दै अदालतमा रिट दायर

बीबीसी

सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारे सार्वजनिक अनुसन्धान प्रतिवदेनको पूर्णपाठ बाहिर ल्याउन माग गर्दै अदालतमा रिट दायर भएको छ । अनुसन्धानकर्ता रोबर्ट मुलरले तयार गरेको ४ सय ४८ पृष्ठ लामो प्रतिवेदनका महत्वपूर्ण विषयहरु सार्वजनिक नहुँदा डेमोक्रेट सांसदहरु भ्रममा परेको भन्दै रिट दायर गरिएको छ ।

डेमोक्रेटहरुको यस कदमलाई त्यहाँको न्यायिक विभागले अपरिपक्क र अनावश्यक भनेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कानूनी टोलीले राष्ट्रपति ट्रम्पको बेवास्ता गर्दै सो प्रतिवेदन सार्वजनिक गरेको आरोप समेत लगाएको छ ।

यसैबीच, डेमोक्रेट सांसद एलिजावेद वारेनले पहिलो पटक राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउनुपर्ने अभिव्यक्ति दिनु भएको छ । मुलरको सार्वजनिक प्रतिवेदनमा राष्ट्रपति ट्रम्पको चुनावी अभियानमा रुसी हस्तक्षेप नभएको, दुबै पक्षको कुनै आपराधिक षड्यन्त्र नदेखिएको उल्लेख छ ।

लामो समयको अध्ययन अनुसन्धानले राष्ट्रपति ट्रम्पले न्यायमा बाधा पुर्‍याउने काम नगरेको पनि प्रतिवेदनमा भनिएको छ । यद्यपि, पूर्ण रुपमा प्रतिवेदन सार्वजनिक नगरिनुले भ्रम सृजना गरेको विपक्षीको आरोप छ ।