अन्तर्राष्ट्रिय

इराकमा ६० जनाको मृत्यु

- एजेन्सीएजेन्सीएजेन्सी

- इराकमा चार दिनयता जारी सरकार विरोधी आन्दोलनका क्रममा  ६० जनाको मृत्यु भएको छ । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या दोब्बर भएको बीबीसीले उल्लेख गरेको छ । 


बगदादमा दुई प्रहरीसहित अन्य दुई जनाको रहस्यमय हत्या समेत भएको इराकी अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ । बेरोजगारी, सार्वजनिक सेवा फितलो तथा भ्रष्टाचार वढेको भन्दै युवाहरु आन्दोलनमा उत्रिएका हुन् ।  

बग्दाद सहित चार शहरमा कफ्र्यु लगाएपनि आन्दोलन रोकिएको छैन । प्रदर्शनकारीको सुचना आदान प्रदान बन्द गर्न इराक सरकारले सामाजिक सञ्जाल प्रयोगमा समेत प्रतिबन्ध लगाएको छ । मुलुकमा तत्काल नाटकीय परिवर्तन ल्याउन सम्भव नरहेकाले धैर्यको हुन प्रधानमन्त्री अब्देल अब्देल माहिदिले प्रदर्शनकारीलाई आह््वान गर्नुभएको छ ।