अन्तर्राष्ट्रिय

विश्वासघात गरेको भन्दै थाई राजाले खोसे पत्नीको शाही उपाधि 

- विश्वासघात गरेको भन्दै थाई राजा महा वाचिरालङ्कनले पत्नीको शाही उपाधि खोसेका छन् । राजाकी विशेष पात्र हुँदै पत्नीसरहको उपाधि पाएकी सिनीनात वङ्वाचिराफाकले उच्च तहको नियुक्ति पाएको केही महिनामै विश्वासघात गरेको आरोप लगाउँदै राजाले पद खोसेका हुन् ।

एउटा औपचारिक घोषणामा  थाई राजाले सिनीनात महत्वाकांक्षी हुँदै गएको र आफूलाई रानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए । उनका व्यवहार अपमानजनक ठहरिएको समेत थाई राजाको भनाई थियो । मेजर जेनरल सिनीनात तालिमप्राप्त विमानचालक, नर्स र राजाकी  अंगरंक्षकका रुपमा कार्यरत थिइन् ।