असमानता अन्त्य गरी सामाजिक सुधारको माग गर्दै विरोध प्रदर्शन
-- असमानता अन्त्य गरी सामाजिक सुधारको माग गर्दै चिलेको राजधानी सान्ठीयागोमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । प्रदर्शनका कारण त्यहाँका कयौं सडक अवरुद्ध छन् भने सार्वजनिक यातायात समेत ठप्प छन् ।
प्रदर्शनकारीले विशेषगरी शिक्षा र स्वास्थ्यका क्षेत्रमा ठोस कदम चाल्न र सो क्षेत्रको सुधार गर्न माग उनीहरुले गरेका छन् । सम्भावित हिंसाको त्रासका कारण सार्वजनिक यातायात मात्रै नभई, बजार पसल पनि ठप्प भएको बीबीसीले उल्लेख गरेको छ ।
उनीहरुले राष्ट्रपतिसमक्ष श्रंखलाबद्ध रुपमा शिक्षा र स्वास्थ्य क्षेत्रमा विद्यमान असमानता र विकृति हटाउन माग गरेका छन् ।