अन्तर्राष्ट्रिय

तालिवानसँग शान्तिवार्ताका लागि महत्वपर्ण उपलब्धि हासिल : अमेरिका

- (एजेन्सी),,

 अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले हालै मात्रै तालिवानसँग शान्तिवार्ताका लागि महत्वपर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ । पोम्पिओभन्नुभएको छ, 'हामीलाई आशा छ कि हामी त्यस स्थानसम्म पुग्ने छौँ जहाँ कागजको टुक्रामा मात्रै होइन, हिंसामै उल्लेखनीय कमी ल्याउन सकियोस् ।' 

दुवै मुलुक १८ वर्षदेखि अफगानिस्तानमा जारी युद्ध अन्त्यका लागि वार्ताका जुटिरहेका छन् । यसअघि रक्षा सचिव मार्क एस्परले पनि तालिवानसँग शान्तिवार्ताका लागि महत्वपूर्ण छलफलबारे प्रतिक्रिया दिनुभएको थियो । एस्परले सात दिनका लागि हिंसा न्यूनिकरण एवं वार्ता लगायतको प्रस्ताव गर्नुभएको थियो ।

 गत सेप्टेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानसँग वार्ता नहुने बताएपनि पछिल्ला दिनमा भएका प्रयास सकारात्मक भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्पले वार्ताका वातावरण राम्रो बनेपनि निष्कर्षमा पुग्न चुनौती रहेको बताउनुभएको थियो । सन् २००१ मा अमेरिकी सेनाले हस्तक्षेप गर्न थालेपछि तालिवानी र अमेरिकाबीच सम्बन्ध चिसिएको थियो । अफगानिस्तानमा हाल दश हजार भन्दा बढी अमेरिकी सेना रहेको बीबीसीले उल्लेख गरेको छ ।