अन्तर्राष्ट्रिय

बेलायती लेबर पार्टीकी सांसद डेबी अब्राहम्सलाई भारत प्रवेशमा रोक

- (एजेन्सी)..

 भारतले कश्मीर मुद्दाकी कटु आलोचक बेलायती लेबर पार्टीकी सांसद डेबी अब्राहम्सलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ । कश्मीर संविधानमा संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको भन्दै कटु आलोचना गरेकी उनको भिसा नै रद्द गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

भारतले गत अगष्टमा जम्मू–कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेको थियो । भारतमा मोदी सरकारले गरेको यस निर्णयको प्रशंसा भएपनि विश्वका कयौं मुलुकमा भने त्यसको विरोध समेत भएको थियो ।

 विशेषतः बेलायतको लेबर पार्टीका सांसदहरुले यस निर्णयको खुलेर विरोध गरेका थिए । व्यक्तिगत प्रयोजनको लागि भारत आएकी अब्राहम्सलाई दिल्ली विमानस्थलमै रोकिएको थियो ।