अन्तर्राष्ट्रिय

कोरोना भाइरस : इटालीमा मात्रै ४ सय जना प्रभावित, १२ जनाको मृत्यु

- एजेन्सी..

युरोपमा तीव्र रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण प्रयास असफल हुँदै गएको छ । इटालीमा मात्रै सो भाईरसबाट ४ सय जना प्रभावित भएका छन् भने १२ जनाको मृत्यु भईसकेको छ । चीन पछि युरोप तथा दक्षिण कोरिया र इरानमा तीव्र गतिमा भाइरस फैलिएको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । 

विश्वका ४० मुलुकमा ८० हजार जनामा भाइरस देखिएको छ । भाइरसका कारण अहिले सम्म २ हजार ७ सय जनाको मृत्यु भैसकेको छ । इटलीमा सबैभन्दा बढी प्रभावित लोम्बार्डी र भेनेतो शहरका स्थानीयलाई यात्रामा प्रतिवन्ध लगाईएको छ । ५५ हजार नागरिकलाई क्वारेन्टाइनमा राखिएपनि आर्थिक मन्दीको उच्च विन्दुमा पुगेको इटालीका लागी भाइरसको संक्रमणले नयाँ चुनौती खडा गरेको छ ।

 युरोपका अष्ट्रिय, क्रोयसिया, ग्रिस, नर्वे, स्विट्जरल्याण्ड, जर्जीया, नर्थ म्यासेडोनियामा समेत भाइरसका नयाँ संक्रमण देखीएको छ । इरानमा भाइरसका कारण १९ जनाको मृत्यु भएको छ । १ सय ३९ जना संक्रमित भएका छन् । यद्यपि, इरान सरकारले तत्काल क्वारेन्टाइनको योजना नरहेको बताइरहँदा भाइरस झनै भयानक हुने आंशका गरिएको छ । दक्षिण कोरियामा भाइरसबाट १ हजार २ सय प्रभावित भएका छन् । भने १२ जनाको मृत्यु भएको छ ।