अन्तर्राष्ट्रिय

अमेरिकामा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण

एजेन्सी

विश्व महामारी बनेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन पहिलोपटक मानिसमा परीक्षण गरिएको छ । अमेरिकाको सियाटलस्थित एउटा अनुसन्धान केन्द्रले ४ जना संक्रमितको सो भ्याक्सिन परीक्षण गरेको हो । 

भाइरसबाट नक्कल गरिएको जेनेटिक कोडबाट सो भ्याक्सिन बनाइएको हो । तर यसको परिणाम थाह पाउन केही महिना लाग्नसक्ने विज्ञहरु बताउँछन् । 

संक्रमण फैलने क्रम तीब्र बनेसंगै विश्वभरका बैज्ञानिहरु यसविरुद्धको औषधी तथा भ्याक्सिन पत्ता लगाउन प्रयासरत छन् ।