अन्तर्राष्ट्रिय

प्रतिबन्ध खुकुलो भएसंगै युरोपमा कोरोना संक्रमण दर बढेको डब्लुएचओको भनाई

- एजेन्सी

– प्रतिबन्धहरु खुकुलो बनाएपछि युरोपेली मूलुकमा कोरोना भाइरसको संक्रमण तीब्र देखिएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । अर्मेनिया, स्वीडेन, माल्डोभा, उत्तरी मेसोडोनिया लगायतका क्षेत्रमा यसको पै्रशारण दर तीब्र भएको डब्लुएचओका क्षेत्रिय निर्देशक डा हंस हेनरी क्लगलाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ । 

यस्तै अवस्थामा छोडियो भने युरोपेली मूलुकहरुको स्वास्थ्य प्रणाली निक्कै कमजोर हुने उहाँको भनाई छ । युरोप, मध्य पूर्व र मध्य एशियाका ५४ मूलुक , ७ क्षेत्र मा हालसम्म एक लाख ९५ हजार जनाका कोरोना संक्रमणका कारण मृत्यु भइसकेको डब्लुएचओको तथ्यांकमा उल्लेख छ । यस्तै २६ लाखमा यसको संक्रमण देखिएको छ । दैनिक करिब २० हजार नयाँ केश र ७ सय भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक पनि डब्लुएचओले सार्वजनिक गरेको छ ।

विश्वमा करिब एक करोडमा यसको संक्रमण फैलिसकेको छ । ४ लाख ८९ हजार ४ सय ५ जनाको मृत्यु भइसकेको छ । कोभिड १९ को सबैभन्दा बढी संक्रमण दर अमेरिकामा देखिएको छ ।