अन्तर्राष्ट्रिय

चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीमाथि अमेरिकामा भिसा प्रतिबन्ध

- एजेन्सीएजेन्सी

अमेरिकाले हङकङ सम्बन्धी सुरक्षा कानुन पारित गर्न जिम्मेवार रहेको भन्दै चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारी माथि भिसा प्रतिबन्ध लगाएको छ । 

हङकङको स्वायत्तता र स्वतन्त्रतामाथि धावा बोलेकाले चिनियाँ कम्युनिष्ट पार्टीका बहालवाला तथा पूर्व अधिकारीमाथि प्रतिबन्ध लगाउने निर्णग गरिएको अमेरिकी विदेशमन्त्री माइक पोम्प्योले बताउनुभएको छ । प्रस्तावित सुरक्षा कानुनलाई लिएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेईजिङलाई सजाय दिने प्रतिबद्धता जनाएअनुरुप सो कदम चालिएको पोम्प्योको भनाई छ । 

नयाँ कानुनका बारे चिनियाँ कम्युनिष्ट पार्टीको भोलि शुरु हुने स्थायी समिति बैठकमा छलफल हुने तालिका छ । हङकङमा हुने अपराधलाई बेइजिङको कानुन अनुसार कार्बाही गर्दा हङकङका जनताले भोगचलन गर्दै आएको स्वतन्त्रता हनन हुने अन्तराष्ट्रिय जगतको निष्कर्ष छ ।

बेइजिङको नयाँ कदमको विरुद्ध हङकङका सडकमा पुन: आन्दोलन सुरु भएको छ ।