अन्तर्राष्ट्रिय

साउदी अरबमा लकडाउन र कर्फयू हटाएसँगै संक्रमण ह्वात्तै बढ्यो

- (एजेन्सी)काठमाडौं

साउदी अरबमा लकडाउन र कर्फयू हटाएसँगै कोरोना भाइरस संक्रमण पुन तीव्र गतिमा फैलिन थालेको छ । मार्च १५ देखि जारी लकडाउन क्रमश हटाउँदै जुनमा पूर्ण रुपमा हटाएको साउदीमा संक्रमण तीव्र रुपमा बढेको बीबीसीले उल्लेख गरेको छ ।

 लकडाउन खुलाएपछि संक्रमितको संख्या ह्वात्तै बढेर २ लाख थपिएको हो । साउदी अरबमा संक्रमितको संख्या २० लाख ५९ हजार ९ सय २९ पुगेको छ भने १ हजार ८ सय ५८ जनाको ज्यान गएको छ ।