अन्तर्राष्ट्रिय

धर्मनिन्दा गरेको भन्दै अदालतमै एक जनाको हत्या

- रेडियो कान्तिपुर संवाददाताएजेन्सी

पाकिस्तानमा धर्मको निन्दा गरेको अभियोग लागेका एक ब्यक्तीको अदालतमा सुनुवाइका क्रममा गोली हानी हत्या भएको छ । आफुलाई मुस्लिम धर्म गुरु प्रोफेट मोहम्मद भन्दै हिँडेका ती ब्यक्ति माथि धर्म निन्दाको अभियोग लगाइएको थियो । 

पाकिस्तानमा धर्मनिन्दा मृत्युदण्ड सरहको अपराध हो । यद्यपि, सो मुद्धामा कसैले पनि मृत्युदण्ड पाएका छैनन् । तर सामाजिक रुपमा हत्याका कयौं घटना भएका छन् । सन् २०१८ मा धर्मनिन्दा गरेको आरोपमा ताहिर अहमद नसिम पक्राउ परेका थिए । उनी माथि हिजो सुनुवाइका क्रममा अदालत भित्रै गोली प्रहार भएको हो ।

आक्रमणकारी पक्राउ परेको पाकिस्तानको पेशावर राज्य प्रहरीले जनाएको छ । उनलाई इश्लामको दुश्मन भन्दै गोली प्रहार गरिएको भिडियो अहिले इन्टरनेमा सार्वजनिक भएका छन् । पाकिस्तानमा अल्पसंख्यक विरुद्ध धर्मनिन्दाको आरोपमा सरकारकै तर्फबाट हिंसा हुने गरेको मानवअधिकारवादी संस्थााले आरोप लगाउँछन् ।