अन्तर्राष्ट्रिय

कोरोनाविरुद्धको खोप नै पत्ता नलाग्ने अवस्थाका लागी समेत विश्व तयार हुनुपर्छ : डब्लुएचओ

- रेडियो कान्तिपुर संवाददाताकाठमाडौं

कोभिड १९ विरुद्ध खोप नै पत्ता नलाग्ने अवस्थाका लागी समेत विश्व तयार हुनुपर्ने विश्व स्वास्थ्य संगठन डब्लुएचओले उल्लेख गरेको छ । डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेससले हाल सम्म कुनै खोप पत्ता नलागेको तथा पत्तै नलाग्ने अवस्था हुन सक्ने बताउनुभएको हो ।

सामाजिक दुरी, हात धुनु, मास्क लगाउने जस्ता सर्तकताका उपाय अपनाउन छाड्न नहुनेमा डब्लुएचओ प्रमुखले जोड दिनुभएको छ । खोप बनाउनका लागी कयौं प्रयास जारी रहेको बारे समेत जानकारी दिनुभएको छ । केही खोप तेश्रो चरणको परिक्षणको अवस्था रहेको गेब्रससले जेनेभामा आयोजीत प्रेश व्रिफिङमा बताउनुभएको हो ।

कोरोना संक्रमण देखिएका वा जोखिममा रहेका आमाहरुलाई स्तनपान निरन्तर गराउन डब्लुएचओले आग्रह गरेको छ । स्तनपानले संक्रमणको खतरा नहुने डब्लुएचओले उल्लेख गरेको छ ।

विश्वभर हाल १ करोड ८१ लख ७८ हजार ७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ६ लाख ९१ हजार ३ सय ३ जनाको संक्रमणकै कारण मृत्यु भएको छ ।