अन्तर्राष्ट्रिय

नवगठित मन्त्रिमण्डलका सदस्य बोकेको विमानमाथि आक्रमण हुँदा ठूलो संख्यामा हताहती

- एजेन्सी

मध्यपुर्वी मूलुक यमनको दक्षिणी शहर आदेनस्थित विमानस्थलमा नवगठित मन्त्रिपरिषदका सदस्य बोकेको विमान अवतरणका क्रममा भएको आक्रमणमा परि ठूलो संख्यामा हताहती भएको छ । आक्रमणमा परि दर्जनौं घाइते भएका छन् भने मृत्यु हुनेको संख्या यकिन हुन नसकेको अलजजीराले जनाएको छ । 

घटनाको जिम्मा कुनै समूहले नलिए पनि यमन सरकारले भने सो घटना हुथी विद्रोही समूहले गराएको दाबी गरेको छ । हुथी समूहले घटनामा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेको छ । 

यमनका प्रधानमन्त्री माइन अब्दुल मल्लिक साइदले राष्ट्रपति अब्द्राबुह मंसुर हादी र पृथकतावादी समूह एसटीसीसंग मिलेर साउदी अरेबियामा नयाँ मन्त्रिमण्डल गठन गर्नु भएको थियो । सोही विषयमा असन्तुष्टी जनाउँदै हुथी विद्रोहीले आक्रमण गरेको यमनका सञ्चारमन्त्री मोअम्मर अल इर्यानीले आरोप लगाउनु भएको छ ।