अन्तर्राष्ट्रिय

अमेरिकाले कोभ्यासलाई चार अर्ब अमेरिकी डलर सहयोग गर्ने

- रोयटर्सकाठमाडौं

अमेरिकाले कोरोना विरुद्धको विश्व स्वास्थ्य संगठनको खोप .अभियान कोभ्यासलाई चार अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । जी ट्वान्टी राष्ट्रहरुको बैठकमा सक्बोधन गर्दै राष्ट्रपति जो बाइडेनले कोभ्यास् अभियानका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । 

कोभ्याक्स अभियानमार्फत् विपन्न तथा कम आय भएका ९२ राष्ट्रमा कम्तीमा पनि २० प्रतिशत जनसंख्यालाई पुग्ने गरि खोप उपलब्ध गराउने भनिएको छ । ह्वाइट हाउसद्वारा जारी विज्ञप्ति अमेरिकाले गाभी–ग्लोबल अलायन्स फर भ्याक्सिन इम्युनाइजेशनलाई पहिलो चरणमा तत्काल दुई अर्ब अमेरिकी डलर उपलब्ध गराउने र दोस्रो चरणमा सन् २०२२ सम्ममा बाँकी दुई अर्ब प्रदान गर्ने उल्लेख छ ।