अन्तर्राष्ट्रिय

बेलायती महारानी एलिजाबेथ द्वितीयका श्रीमान फिलिपको ९९ वर्षको उमेरमा निधन

- एजेन्सीकाठमाडौं

बेलायती महारानी एलिजाबेथ द्वितीयका श्रीमान राजकुमार फिलिपको ९९ वर्षको उमेरमा आज निधन भएको छ । बेलायती राजदूताबासले आज विज्ञप्ति जारी गर्दै फिलिपको निधनबारे जानकारी दिएको हो । 

उहाँ २८ दिनयता अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । मुटुको समस्यापछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । बेलायतको राजपरिवारमा महारानी एलिजाबेथका अभिन्न सहयोगी फिलिप सन् २०१७ यता प्रतिकुल स्वास्थ्यका कारण राजकीय कामकाजमा सरिक हुन छोड्नुभएको थियो ।