अन्तर्राष्ट्रिय

दुवै डोज खोप लगाएका अमेरिकीलाई यूरोप घुम्न अनुमति दिने तयारी

- एजेन्सी

यूरोपियन यूनियन इयूले आउँदो ग्रीष्मकालदेखि कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाएका अमेरिकी नागरिकलाई भ्रमणका लागि खुला गर्ने तयारी थालेको छ । 

इयू आबद्ध मुलुक र अमेरिकामा एकै कम्पनीका खोपहरु अनुमोदन भई प्रयोग भइरहेकोले पनि यस ग्रीष्मकालमा भ्रमणका लागि बाटो खोल्न सकिने इयूका अध्यक्ष उर्सुला भोन डर लेनले बताउनुभयो । 

आगामी दिनमा कोरोनाको संक्रमणको अवस्थालाई मूल्याङ्कन गरेरै ठोस निर्णय लिइने उहाँको भनाई छ । इयूले गत वर्षदेखि अमेरिकी नागरिकमाथि लगाएको प्रतिबन्ध अझै हटाएको छैन ।