अन्तर्राष्ट्रिय

पश्चिम बंगाल : राजनीतिक हिंसा भड्किँदा १२ जनाको मृत्यु

- एजेन्सीकाठमाडौं

विधान सभाको चुनावी नतिजा सार्वजनिक भएसँगै भारतको पश्चिम बंगालका विभिन्न राज्यका विभिन्न स्थानमा हिंसा भड्किँदा पछिल्लो २४ घण्टा यता कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

 अप्रत्याशित जीतपछि तृणमूल कांग्रेस (टीएमसी) का समर्थकहरुले अन्य पार्टीका कार्यकर्तामाथि आक्रमण गर्न थालेको भारतीय जनता पार्टी (भाजपा)ले दाबी गरेको छ भने टीएमसीले भने पछिल्लो हिंसा बीजेपीको अन्तरकलहका कारण भएको बताएको छ । मृतक कुन पार्टीका थिए खुलाइएको छैन । 

हिंसा भडुकिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यपाल जगदीप धनखडसँग टेलिफोन संवाद गर्दै हिंसा नियन्त्रण र शान्ति सुरक्षा बनाइराख्न निर्देशन दिनुभएको छ । आइतबार चुनावी नतिजा आएपछि नै हिंसा भड्किएको हो । पश्चिम बंगालमा विभिन्न आठ चरणमा विधानसभा चुनाव भएको थियो । मतगणनाअनुसार ममताको पार्टी तृणमूलले भारी बहुमतसहित लगातार तेस्रो पटक जीत हासिल गरेको छ ।