ब्राजिलमा प्रहरी कारवाहीमा २५ जनाको मृत्यु
- काठमाडौंब्राजिलको रियो दि जेनेरियो प्रहरी कारवाहीका क्रममा २५ जना मारिएका छन् । फाबेला क्षेत्रमा लागुऔषध कारोबारी रहेको सुचनाका आधारमा प्रहरीले छापा मार्दा गोली हानाहान भएको थियो ।
प्रहरीले गरेको कारवाहीका क्रममा एक सुरक्षाकर्मी सहित २५ जना मारिएको बीबीसीले उल्लेख गरेको छ । गोली हानाहानका क्रममा मेट्रो रेलमा सवार दुई जना यात्रु समेत घाइते भएका छन् ।
पछिल्लो प्रहरी कारवाही हाल सम्मकै ठुलो भएको प्रहरी प्रमुख रोनाल्डो ओलिभरले बताउनुभएको छ ।
कारवाहीमा पर्ने लागुऔषध कारोबारीसँगै हत्या, अपहरणमा सलग्न रहेको खुलेको बीबीसीले उल्लेख गरेको छ । प्रहरीले अपराधीहरुबाट ठुलो संख्यामा हतियार बरामद गरेको छ ।