अन्तर्राष्ट्रिय

बैंगलुरुमा बाढीमा परेर ९ जनाको मृत्यु

- एजेन्सीकाठमाडौं

 भारतको बैंगलुरुमा भारी वर्षा पछि आएको बाढीमा परेर ९ जनाको मृत्यु भएको छ । अन्य २० जना हराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँस्थित आपतकालिन प्रबन्ध विभागका अनुसार इडुक्की जिल्लामा ६ जनाको र कोट्टायम जिल्लामा ३ जनाको मृत्यु भएको हो । 

बाढीसँगै पहिरो समेत खस्दा कयौं मान्छे बेपत्ता भएका छन् । हिजोदेखि निरन्तर परेको पानी अहिले केही कम भएको र राहत तथा उद्धारको कार्य जारी रहेको जनाइएको छ । आज साँझतिर पनि भारी वर्षा र आँधी हुरीको सम्भावना रहेको भन्दै त्यहाँको मौसम विभागले सचेत र सावधान रहन आग्रह गरेको छ ।