अफगानिस्तानमा चरम भोकमरीको अवस्था आउन सक्ने राष्ट्रसंघको चेतावनी
- काठमाडौंराष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले तत्काल कुनै ठोस कदम नचालिए अफगानिस्तानमा चरम भोकमरीको अवस्था आउन सक्ने चेतावनी दिएको छ ।
अफगानिस्तानको आधा भन्दा बढी जनसंख्या २ करोड २८ लाख बढी अहिले नै खाद्य संकटको जोखिममा रहेको बताइएको छ । यस्तै ५ वर्ष मुनिका ३२ लाख भन्दा बढी बालबालिका कूपोषणको शिकार भएको राष्ट्रसंघले जनाएको छ ।
अफगानिस्तानमा देखा परेको पछिल्लो गम्भीर अवस्थालाई ध्यानमा राखेर त्यहाँ तत्काल मानवीय सहायता उपलब्ध गराउनुपर्ने राष्ट्रसंघले जनाएको छ ।