अन्तर्राष्ट्रिय

भारतमा अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध

पोखरा

भारतले अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाएको छ । भारतको नागरिक विमान मन्त्रालयका अनुसार आगामी फ्रेब्रुअरी २८ सम्म भारतबाट आवतजावत गर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाइएको हो । यद्यपी यो नियम यात्रुबहाक उडानका लागि मात्रै लागू हुने बताइएको छ ।

 कार्गो विमानमा भने कुनै प्रतिबन्ध लगाइएको छैन । कोरोना संक्रमणको बढ्दो संक्रमणलाई ध्यानमा राखेर पछिल्लो कदम चालिएको बताइएको छ । भारतमा हिजो एकैदिन २ लाख ८२ हजार ९ सय ७० नयाँ कोरोना संक्रमित थपिएका थिए ।