अन्तर्राष्ट्रिय

एन्टिबायोटिकको प्रतिरोध गर्न सक्ने जीवाणुका कारण १२ लाख मानिसको मृत्यु

एजेन्सी

सन् २०१९ मा एन्टिबायोटिकको प्रतिरोध गर्न सक्ने जिवाणुका कारण १२ लाख मानिसको मृत्यु भएको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । वार्षिक रुपमा विश्वमा मलेरिया वा एड्सबाट भन्दा एन्टिबोयोटिकको प्रतिरोधी जिवाणुका कारण मानिसहरुको मृत्यु भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

रोग प्रतिरोधी क्षमताले विशेषगरी गरिब मुलुकका मानिसको मृत्यु भएको पाइएको छ । सामान्य संक्रमणमा पनि एन्टिबायोटिकको अत्यधिक प्रयोग गर्दा मानव शरीरमा त्यसले काम गर्न छाडेको बेलायतको स्वास्थ्य सम्बन्धी पत्रिका ल्यान्सेटमा प्रकाशित अध्ययनमा उल्लेख छ ।

अध्ययन प्रतिवेदनले सुषुप्त महामारीका रुपमा एन्टिबोयोटिकको प्रयोगलाई लिएको छ । २ सय ४ वटा मुलुकमा गरिएको अध्ययनको नेतृत्व अमेरिकाको वासिङ्गटन विश्वविद्यालयले गरेको थियो ।