अन्तर्राष्ट्रिय

उत्तर कोरियाली नेता किमद्वारा रक्षा क्षमता वृद्धिका लागि थप योजना

- (एजेन्सी)काठमाडौं

उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो मुलुकको रक्षा क्षमता वृद्धिका लागि थप योजना निर्माण गरेको बताउनुभएको छ । नेता किमले उच्च सैन्य अधिकारीहरुलाई निर्देशन दिँदै रक्षा क्षमता वृद्धिका लागि बनाइएका योजना अनुरुप काम गर्न समेत निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सो कार्य योजनामा युद्धमोर्चामा खटिने फौजहरुको परिचालनलाई सशक्त बनाउने उल्लेख रहेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यद्यपि सो सैन्य कार्ययोजनाबारे केही व्याख्या गरिएको छैन । यसै वर्षको सुरुवातदेखि नै झण्डै दुई दर्जन आणविक परिक्षण गरेको उत्तर कोरियाको पहिल्लो यस कदमले थप संशय पैदा गरेको विश्लेषण अन्तर्राष्ट्रिय समुदायले गरेका छन् ।

 विभिन्न शक्ति राष्ट्रको कडा प्रतिबन्धका बाबजूद उत्तरले पटकपटक आणविक परिक्षण गर्दै आएको छ । आर्थिक प्रतिबन्धका कारण मुलुक नै गरिबी र उच्च भोकमरीको स्थितितर्फ उन्मुख हुँदा समेत उत्तरले आफ्ना आणविक परिक्षणलाई जारी राखेको छ ।