अन्तर्राष्ट्रिय

बिहारमा फेरि नीतिशकै राज, आठौं पटक मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण

काठमाडौं

भारतीय जनता पार्टीसँगको गठबन्धन त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएका जनता दल युनाइटेडका नेता नितिश कुमारले बिहारको मुख्यमन्त्रीको रुपमा सपथ लिनुभएको छ । योसँगै राष्ट्रिय जनता दलका नेता तथा लालु यादवका छोरा तेजस्वी यादव दोस्रो पटक उपमुख्यमन्त्री बननुभएको छ । दुवै नेतालाई राज्यपाल फागु चौहानले राजभवनमा पद तथा गोपनियताको सपथ गराउनुभएको हो । २२ वर्षमा नीतीश कुमार राज्यको मुख्यमन्त्री बनेको यो आठौं पटक हो । उहाँ सन् २००० मा पहिलोपटक ७ दिनका लागि मुख्यमन्त्री बन्नुभएको थियो ।

नीतिशले आफूलाई समर्थन प्राप्त सात दलको महागठबन्धनमा स्वतन्त्रसहित १ सय ६४ जना विधायक सहित राज्यपालसमक्ष मुख्यमन्त्रीको सपथ ग्रहण गर्नुभएको हो । यसअघि हिजो उहााले जनता दल युनाइटेडका नेता तथा विधायकहरुसागको बैठकपछि भारतीय जनता पार्टीसागको गठबन्धन अन्त्य गर्नुभएको थियो । भारतीय जनता पार्टीले भने गठबन्धन तोड्दै नितिशकुमारले दिएको राजीनामा बिहारका नागरिक र पार्टीलाई दिएको गम्भीर धोका भएका भन्दै आपत्ति जनाएको छ । नीतिश कुमारको पार्टी भारतको यस्तो पार्टी हो जसले स्पष्ट बहुमत प्राप्त नगरेपनि विगत डेढ दशक भन्दा बढी समयदेखि मुख्यमन्त्री पदमा निर्विकल्प बन्दै आएको छ ।