अन्तर्राष्ट्रिय

बंगलादेशमा डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो

- एजेन्सीकाठमाडौं

बंगलादेशमा डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । पञ्चगढ जिल्लाको उत्तरीभेगको करोतया नदीमा हिजो पल्टिएको डुंगामा परि मृत्यु हुनेको संख्या ५० पुगेको हो ।

 करिब ४० जना हराइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा २५ जना महिलासहित १२ जना बालबालिका र १२ जना पुरुष रहेको बताइएको छ । बोडेश्वरी मन्दिरमा महालय पूजामा सहभागी भएर फर्किने क्रममा डुंगा पल्टिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।