अन्तर्राष्ट्रिय

पाकिस्तानको पुनर्निर्माणमा सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

- (एजेन्सी)

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले पाकिस्तानमा विनासकारी बाढीपछिको पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । गुट्रेसले क्षतिको अवलोकन गरेर पाकिस्तानको पुर्ननिर्माणमा सघाउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले भन्नुभयो, क्षतिको बारेमा कुनै शंका छ भने, पाकिस्तान जानुहोस्, र पुर्ननिर्माणमा सहयता गर्नुहोस् । सन् २०२२ को जुन महिनामा भारी वर्षाका कारण अचानक आएको बाढीले पाकिस्तानमा ३ करोड ३० लाख मानिस प्रभावित भएका छन् । बाढीका कारण १ हजार ७ सय ३० भन्दा बढीको ज्यान गएको थियो । 

२० लाख आवास प्रभावित भएका छन् । हजारौं विद्यालय र अस्पतालहरु पनि क्षतिग्रस्त तथा ध्वस्त भएका छन् । गरिबीदर लगातार बढ्दै जाने अनुमान गरिएको छ, जसले थप ९१ लाख मानिसहरुलाई गरिबीको रेखामुनि धकेल्ने आकंलन छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले सरकारले पुर्नवास, पुर्ननिर्माण लगायतको व्यापक फ्रेमवर्क योजना तयार गरिरहेको बताउनुभयो । 

 जसका लागि १६ अर्ब ३० करोड अमेरिकी डलरको न्यूनतम कोष आवश्यक पर्ने उहाँले बताउनुभयो ।