अन्तर्राष्ट्रिय

पेशावरस्थित मस्जिदमा भएको विस्फोटमा २८ जनाको मृत्यु

- एजेन्सी

पाकिस्तानको पेशावर सहरको एक मस्जिदमा भएको विस्फोटमा परि कम्तीमा २८ जनाको मृत्यु भएको छ । सो घटनामा परि १ सय ५० भन्दा बढी व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ । मस्जिदमा उपासकहरुले खचाखच भरिएको बेला विस्फोट भएको र भवनको एक भाग ध्वस्त भएको अधिकारीहरुले जनाएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । अहिलेसम्म विस्फोटको कारण भने खुल्न सकेको छैन । त्यस्तै पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले आक्रमणको कडा निन्दा गर्नुभएको छ । घटनापछि पाकिस्तानको राजधानी इस्लामादमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।