अन्तर्राष्ट्रिय

अमेरिकामा हिम आँधीका कारण जनजीवन प्रभावित

- एजेन्सी

अमेरिकाको टेक्सस, भर्जिनिया, अस्टिन लगायत राज्यमा हिम आँधीका कारण जनजीवन प्रभावित भएको छ । हवाई तथा सडक यातायातसहित विद्युतीय सेवा प्रभावित हुन पुगेको हो । भर्जिनिया र टेक्ससमा १६ सय बढी हवाई उडान रद्द भएको छ भने ७ हजार स्थानमा विद्युत अवरुद्ध हुन पुगेको छ । हिम आँधीमा परी २ जनाको मृत्यु भएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अलजजीराले जनाएको छ ।

मौसममा सुधार नआउन्जेल घरभित्रै बस्न स्थानीय प्रशासनले नागरिकलाई आग्रह गरेको छ । यसअघि जनवरीको मध्यमा जर्जिया र अलानबामा आँधी तथा भारी वर्षाका कारण ७ जनाको मृत्यु भएको थियो ।