अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालका लागि अनुमोदित

- एजेन्सीकाठमाडौं

चीनको नेशनल कंग्रेसले राष्ट्रपति सी जिनपिङको तेस्रो कार्यकाललाई औपचारिक रुपमा अनुमोदन गरेको छ । ६९ वर्षीय राष्ट्रपति सी आधुनिक चीनको सबैभन्दा शक्तिशाली नेता बनेका छन् ।

कम्युनिष्ट पार्टीको अध्यक्ष तथा चिनिँया सैन्य आयोगका अध्यक्ष नेता सिको पदलाई चीनको संसदले अनुमोदन गरेको हो । अझै केही दिनसम्म जारी रहने कंग्रेसले नयां प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यको चयन गर्न बाँकि नै छ ।

राष्ट्रपति सि प्रति बफादार तथा सोही पक्षलाई मन्त्रिपरिषद्मा ल्याइने अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । जिरो कोभिड नीतिका कारण बेहोरेको आर्थिक चुनौतीबाट बाहिरिन चिनिँया कंग्रेसको वार्षीक बैठकले विभिन्न योजना पारित गर्ने बताइएको छ ।