अन्तर्राष्ट्रिय

अवतरण गर्न लागेको विमानको ढोका खोल्ने ३० वर्षीय युवक पक्राउ

- एजेन्सीकाठमाडौं

दक्षिण कोरियामा अवतरण गर्न लागेको विमानको आपत्कालिन ढोका खोलेको आरोपमा ३० वर्षीय युवक पक्राउ परेका छन् ।

१ सय ९४ जना यात्रु सवार एसियाना एअरलाइन्सको विमानको आपत्कालिन ढोका ती युवाले विमान जमिनबाट २ सय ५० मिटरमाथि हुँदा खोलेका थिए ।

त्यसपछि विमानलाई सुरक्षित अवतरण गराइएको थियो । विमानका यात्रुका अनुसार ती युवकले ढोका खोलेर विमानबाट हाम फाल्ने प्रयास समेत गरेका थिए ।

कोरियाली सञ्चार माध्यमका अनुसार ढोका खुलेपछि विमानमा भएका केही यात्रु बेहोस भएका थिए । युवकले विमानको ढोका खोल्नुको कारण के हो भन्ने अझै पत्ता लाग्न नसकेको कोरियाली अधिकारीहरुले बताएका छन् ।