अन्तर्राष्ट्रिय

पश्चिमा राष्ट्रले झुटको प्रचार गरीरहेको रुसको आरोप

- एजेन्सी

युक्रेन मामिलामा विकासशील मुलुकलाई आफ्नो पक्षमा पार्न पश्चिमा राष्ट्रले झुटको प्रचार गरीरहेको रुसले आरोप लगाएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले पश्चिमा कदमको आलोचना गर्नुभएको हो ।

उपनिवेशी अवधारणाको प्रयोग गर्दै पश्चिमा मुलुकहरु झुटको प्रचारमा लागेको उहााको भनाई छ । युक्रेनमा जारी तनावमा अमेरिका र उसका सहयोगी राष्ट्रले हिंसा बढाउने, मानवीय विभाजन ल्याउने, तथा हालसम्मका उपलब्धीलाई धरासायी बनाउने काम गरीरहेको विदेशमन्त्री लाभरोभले आरोप समेत लगाउनुभयो ।

अमेरिकाले विश्वलाई आफ्नो इसारामा चलाउन खोजेको रुसको आरोप छ । युक्रेनमा जारी हिंसा र मस्कोको आगामी योजनाबारे भने लाभरोभले कुनै प्रतिकृया नजनाएको अलजजिराले उल्लेख गरेको छ । ब्लाक सीबाट अन्न निर्यातका लागि राष्ट्रसंघ र युक्रेनले गरेको प्रस्ताव समेत रुसले अस्विकार गरेको छ ।