अन्तर्राष्ट्रिय

भारतमा रहेको भारतमा रहेको अफगान दूतावासको कार्यालय बन्दको कार्यालय बन्द

- एजेन्सी

भारतको नयाँ दिल्लीस्थित अफगान दूतावासको कार्यालय बन्द भएको छ । भारत सरकारको असहयोगको कारण देखाउँदै अफगानिस्तान सरकारले आजबाट दूतावास बन्द गरेको हो । भारतले अफगानिस्तानको तालिबान सरकारलाई अहिलेसम्म मान्यता दिएको छैन । सन् २०२१ को अगष्टमा तालिबानले सत्ता कब्जा गरेपछि अफगान सरकारको प्रतिनिधित्व गरेका अधिकांश कूटनीतिक कर्मचारी भारतबाट स्वदेश फर्किएको रोयटर्सले उल्लेख गरेको छ ।

हालसम्म रिक्त स्थानमा नयाँ कर्मचारी नियुक्त गरिएको थिएन । गत हप्ता मात्रै भारतीय विदेश मन्त्रालयलाई एक पत्र पठाउँदै अफगानिस्तानी दूतावासले सेप्टेम्बर ३० देखि दूतावास बन्द हुने जानकारी गराएको थियो ।