रात्रीक्लबमा आगलागी हुंदा १३ जनाको मृत्यु
-स्पेनको दक्षिण पूर्वी शहर मुर्सीयाको रात्रीक्लबमा आगलागी हुंदा १३ जनाको मृत्यु भएको छ । मुर्सीयाको रात्रीक्लब क्षेत्रमा आगलागी हुंदा तिन वटा क्लबहरु जलेका छन् ।
मृत्यु हुनेमा जन्मदिनको मनाउन क्लबमा पुगेका एकै परिवारका अधिकांश सदस्य रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ला फोन्डा नामक रात्रीक्लबमा लागेको आगो नजिकका अन्य क्लबमा पनि फैलिएको हो । उद्धारको क्रम जारी नै रहेकाले मृत्युु हुनेको संख्या अझै बढ्न सक्ने बीबीसीले उल्लेख गरेको छ ।