चीनका पूर्व प्रधानमन्त्री लीको निधन
-चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको छ । पूर्व प्रधानमन्त्री ली को हृदयघातका कारण निधन भएको चिनियां सरकारी समाचारमाध्यमले जनाएका छन् ।
सांघाइमा आराम गर्न गएका बेला लिलाई हृदयघात भएको हो । अर्थविद् ली प्रधानमन्त्रीको जिम्मेवारीमा रहंदा ल्याएका आर्थिक नीतिहरु चिनियां अर्थतन्त्रका लागि निक्कै महत्वपूर्ण सावित भएको बीबीसीले उल्लेख गरेको छ ।
प्रधानमन्त्रीकालको अन्त्य तिर राष्ट्रपति सी जिनफिङसंग टाढिएका ली पार्टी राजनितिमा अग्रसर हुनुहुन्थेन । राष्ट्रपति सी निकट नमानिएका ली आफैं राष्ट्रपति बन्ने होडमा हुनुहुन्थ्यो । पूर्व राष्ट्रपति हु जिन्ताओ निकट ली खछ्याङले चीनमा असमान सम्पत्ति र सस्तो घर कार्यक्रम ल्याउनु भएको थियो ।