अमेरिकामा लाखौ मानिसहरुको व्यत्तिगत विवरण चुवाहट
- काठमाडौंअमेरिकाको सबैभन्दा ठूलो मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एटी एण्ड टी बाट ७ करोड ३० लाखमानिसहरुको व्यत्तिगत विवरण चुवाहट भएको छ ।
सो कम्पनीमा मानिसहरुले आफ्नो व्यक्तिगत पासकोड, ठेगाना, सुरक्षा नम्बर तथा वित्तीय विवरण राखेका थिए ।
अमेरिकाभरि करिब २९ करोड मानिसहरूलाई मोबाइल र इन्टरनेट सेवा मार्फत समेटेको सो कम्पनीबाट ७ करोड ३० लाखमानिसहरुको व्यत्तिगत विवरण चुवावट भएको बीबीसीले जनाएको छ ।
व्यक्तिगत विवरण चुवाहटबारे अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ ।
सन् २०१९ बाट नै सो कम्पनीमा रहेका मानिसहरुको व्यक्तिगत विवरण चुवाहट हुने गरेको पत्ता लागेको हो ।
वित्तिय जानकारीबारेको विवरण भने चुवावट नभएको बताइएको छ ।
सो घटनापछि ग्राहकले आफ्नो पासकोड स्वचालित रूपमा रिसेट गरेका छन् । आफ्नो खाताबारे सजग रहन कम्पनीले आग्रह गरेको छ ।