अन्तर्राष्ट्रिय

ताइवानलाई धम्की नदिन चीनलाई राष्ट्रपति लाईको आग्रह

- एजेन्सीहरु

नवनियुक्त राष्ट्रपति विलियम लाईले टापुको विषयलाई लिएर ताइवानलाई नधम्काउन चीनलाई आग्रह गर्नुभएको छ । नवनियुक्त राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दै लाईले बेइजिङलाई धम्काउने भाषा बन्द गरि छलफल मार्फत विवादको समाधान गर्न आग्रह गर्नुभएको हो । 

ताइवान चीनको चेतावनीबाट पछि नहट्ने भन्दै उहाँले लामो समयबाट सो द्धीपमा आफ्नो दाबी रहेको बताउनुभएको बीबीसीले जनाएको छ । चीनका विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले पत्रकार सम्मेलनमा ताइवानको स्वतंत्रता प्रयास असफल हुँदै गएको बताउनुभएको थियो । नवनिर्वाचित राष्ट्रपति लाई र उहाँको पार्टी डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी डिपीपीसँग बेइजिङ रुष्ट रहँदै आएको छ ।