हज मनाउन १५ लाख बढी मुुस्लिम धर्मावलम्बी साउदीमा
- काठमाडौंसंसारभरिबाट १५ लाख भन्दा बढी मुुस्लिम धर्मावलम्बी हज मनाउन साउदी अरेबियाको मक्का पुगेका छन् ।
मुुस्लिम समुुदायको पवित्र तीर्थस्थल मक्कामा प्रत्येक वर्ष हज मनाउन हजारौँको संख्यामा तिर्थालु त्यहाँ जाने गरेका छन् ।
यस वर्षको हज ग्रिगोरियन क्यालेन्डरअनुुसार औपचारिक रुपमा शुुक्रबारदेखि सुुरु हुुँदैछ ।
सो पर्व जुन १४ देखि १९ तारिखसम्म मनाइनेछ । त्यसको लागि अगाडि देखि नै तीर्थयात्री मक्का पुगेको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।
सो पर्वमा साउदी अरबमा बस्ने तीर्थालुुहरु समेत सामेल हुनेछन् । साउदी अधिकारीकाअनुुसार यस वर्ष तीर्थयात्रीको संख्या सन् २०२३ को भन्दा बढी हुने अपेक्षा गरिएको छ ।