अन्तर्राष्ट्रिय

रुसी राष्ट्रपति पुटिन भियतनामको भ्रमणमा

- एजेन्सीकाठमाडौं

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमणपछि भियतनाम पुग्नु भएको छ ।

उत्तर कोरियासँग सम्झौता गरेपछि रुसका राष्ट्रपति पुटिन भियतनाम पुग्नु भएको अलजजिराले जनाएको छ ।

पुटिनलाई हनोईस्थित विमानस्थलमा भियतनामका उपप्रधानमन्त्री लगायतले स्वागत गरेका थिए ।

पुटिनसँगको भेटमा उत्तर कोरियाली नेता किम जोङ उनले युक्रेन विरुद्धको युद्धमा रुसलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

प्रमुख शक्ति राष्ट्रसँग तटस्थ परराष्ट्र सम्बन्ध कायम गर्ने नीति अंगिकार गरेको भियतनाममा राष्ट्रपति पुटिनको भ्रमण्लाई अर्थपुर्ण रुपमा हेरिएको छ । रुस–युक्रेन युद्धबारे भने भियतनामले हालसम्म केही बोलेको छैन ।

भियतनाम पुग्नु अघि नै पुटिनले भियतनामले युक्रेन युद्धमा सन्तुलित अडान कायम गरेको भन्दै प्रशंसा गर्नु भएको थियो ।