अन्तर्राष्ट्रिय

जलवायु परिवर्तनले अमेरिका र मेक्सिकोमा झन्डै ३५ गुणा गर्मी बढ्ने संकेत

- एजेन्सीकाठमाडौं

मानवीय कार्यबाट सिर्जित जलवायु परिवर्तनले अमेरिकाको दक्षिण–उत्तर र मध्य क्षेत्र तथा मेक्सिकोमा गर्मी झन्डै ३५ गुणाले बढ्ने संकेत देखिएको छ ।

वल्र्ड वेदर एट्रिब्युसन नामक संस्थाले गरेको अध्ययन अनुसार ती क्षेत्रमा हिटवेभको सम्भावना अत्यधिक भएको वैज्ञानिकले चेतावनी दिएका हुन् ।

सो संस्थाले मे महिना र जुन महिनाको सुरुवाती दिनमा गर्मीमाथि अध्ययन अनुसन्धान गरेका थिए ।

अनुसन्धान क्यालिफोर्निया, नेभाडा र एरिजोनासहित दक्षिणपश्चिमी राज्यहरूमा फैलिएको हिटवेभमा केन्द्रीत भएको बीबीसीले जनाएको छ ।

अध्ययन पूरा गर्न केही समय लाग्ने हुँदा जलवायु परिवर्तनले अमेरिकादेखि पर्वतीय मुलुक क्यानडासम्म फैलिएको हिटवेभले पारेको असरबारे अहिले भन्न नसकिने वैज्ञानिकले बताएका छन् ।

यद्यपि उनीहरुले जलवायु परिवर्तनका कारण हिटवेभ अधिक मात्रामा बढ्दै गएको तथ्य औँल्याएका छन् ।