अन्तर्राष्ट्रिय

चीनसँग ताइवानलाई दण्डित गर्ने अधिकार छैनः ताइवानी राष्ट्रपति

- एजेन्सीकाठमाडौं

ताइवानलाई दण्डित गर्ने अधिकार चीनलाई नभएको ताइवानका राष्ट्रपति लाइ चिङ्ग–टेले बताउनुभएको छ ।

चीनले ताइवानको स्वतन्त्रताका लागि समर्थन गर्ने व्यक्तिलाई मृत्युदण्ड दिने चेतावनी आएपछि ताइवानका राष्ट्रपति लाइको सो प्रतिक्रिया आएको हो ।

गत शुक्रबार चिनियाँ सरकारी मिडियाले नयाँ न्यायिक निर्देशिकाको बारेमा सर्वसाधारणलाई अवगत गराएका थिए । सो निर्देशिकामा ताइवानको स्वतन्त्रतालाई समर्थन गर्ने केही उग्र पृथकतावादीलाई मृत्युदण्डको सजाय समावेश गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो घटनाक्रममा प्रतिक्रिया दिँदै राष्ट्रपति लाइले लोकतन्त्र अपराध होइन र वास्तवमा निरंकुशता नै खराबको भनेर टिप्पणी गर्नुभएको छ ।

उहाँले ताइवानको आधिकारिक नामलाई चीनले स्वीकार नगरेसम्म दुई पक्षबीचको सम्बन्ध बिग्रने समेत चेतावनी दिनुभएको छ ।