अन्तर्राष्ट्रिय

युक्रेनलाई पाँच नयाँ रणनीतिक हवाई रक्षा प्रणाली प्रदान गर्ने अमेरिकाको प्रतिबद्धता

- एजेन्सी

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणको सामना गर्न युक्रेनलाई पाँच नयाँ रणनीतिक हवाई रक्षा प्रणाली प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । युरोपेली सैन्य संगठन नेटोको ७५ औँ वार्षिकोत्सवको अवसरमा वाशिंगटनमा आयोजित शिखर सम्मेलनको अवसरमा नेताहरुलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति बाइडेनले रुस र युक्रेनबीचको युद्धको महत्वपूर्ण क्षणको सामना गरेकाले नेटो सैन्य गठबन्धन पहिलेभन्दा बढी शक्तिशाली भएको स्पष्ट पार्नुभयो । उहाँले अमेरिकाले जर्मनी, इटाली, नेदरल्याण्ड र रोमानियासँग मिलेर युक्रेनलाई सहयोग गर्न प्याट्रियट मिसाइल ब्याट्री र अन्य प्रणालीहरू सहायता दिने बताउनुभयो ।

युक्रेनको राजधानी किभस्थित एक बाल अस्पतालमा रुसी क्षेप्यास्त्रले आक्रमण गरेको दुई दिनपछि बाइडेनले यस्तो घोषणा गर्नुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।