अन्तर्राष्ट्रिय

चुनावी ¥यालीमा गोली चल्दा डोनल्ड ट्रम्प घाईते

- एजेन्सीकाठमाडौं

अमेरिकाको पेन्सिलभेनियामा चुनावी ¥यालीमा गोली चल्दा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प घाईते हुनुभएको छ ।

उहाँको कानबाट रगत बगिरहेको तस्बिरहरु सार्वजनिक भएका छन् । गोली चलेसँगै पूर्व राष्ट्रपति ट्रम्पलाई मञ्चबाट बाहिर सुरक्षित निकालिएकोे बीबीसीले जनाएको छ ।

उहाँको अवस्था अहिले सामान्ये छ । गोली प्रहार गर्ने व्यक्ति प्रहरी कारवाहीमा मारिएका छन् । यसैबीच, चुनावी ¥यालीमा भएको सो घटनाप्रति राष्ट्रपति जो बाइडेन लगायत डेमोक्र्याटसमर्थकले भत्र्सना गरेका छन् ।

राष्ट्रपति बाइडेनले यस्तो प्रकृतिको हिंसाका लागि अमेरिकामा कुनै स्थान नभएको बताउनुभएको छ । त्यस्तै, बेलायतको प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गर्दै सबै प्रकारका राजनीतिक हिंसाको कडा शब्दमा निन्दा गर्ने जनाएको छ ।