अन्तर्राष्ट्रिय

चीन र रुसका नौसेनाबीच संयुक्त सैन्य अभ्यास सुरु

- एजेन्सीकाठमाडौं

चीन र रुसका नौसेनाले चीनको दक्षिणी क्षेत्रस्थित सैन्य बन्दरगाहमा संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् ।

नेटो आवद्ध मुलुकले युक्रेन युद्धमा चीनको भूमिका निर्णयक सहयोगीका रुपमा रहेको बताएको भोलिपल्ट दुई मुलुकले संयुक्त सैन्य अभ्यास सुरु गरेको समाचार संस्था एपीले जनाएको छ ।

ग्वाङ्डोङ प्रान्तमा हिजोबाट सुरु भएको सो अभ्यास केही दिनसम्म जारी रहने जनाएको छ । सो सैन्य अभ्यासमा विश्वव्यापी र क्षेत्रीय रुपमा शान्ति र स्थिरता कायम गर्नका लागि क्षमता प्रदर्शन गर्ने उद्देश्य राखिएको जनाएको छ ।

यसैबीच, चीनको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै पश्चिम र उत्तर प्रशान्त महासागरमा हालै दुवै मुलुकका सेनाबाट गस्ती गरिएको र सो कदम अन्य राष्ट्र लक्षित नभएको समेत जनाएको छ ।