अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना भाइरस पुष्टि

- एजेन्सी काठमाडौं

अमेरिकका राष्ट्रपती जो बाइडेनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोनाको लक्षण देखिएकाले राष्ट्रपति बाइडेन घरमा नै आइसोलेसनमा रहेको ह्वाइट हाउसलाई उद्दृत गर्दै समाचार संस्था अलजजिराले जनाएको छ ।

नोबेम्बरमा हुने राष्ट्रपतिय चुनावका उम्मेदवार रहेका ८१ वर्षीय बाईडेनलाई कोरोना संक्रमण पुष्टि भएसँगै चुनावी प्रचारप्रसारका निर्धारित कार्यक्रम रद्द गरिएको अलजजिराले उल्लेख गरेको छ ।

बाईडेनको उमेर र स्वास्थ्य अवस्थालाई लिएर प्रश्न उठिरहेका बेला कोरोना संक्रमण पुष्टि भएपछि चुनावमा नउठ्न थप दबाब बढेको हो ।

पूर्वराष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसंग टेलिभिजन बहसका क्रममा कमजोर प्रस्तुतीका कारण बाईडेनको आलोचना र चुनावी प्रतिस्पर्धाबाट पछि हट्न दबाब बढेको थियो ।

कोरोनाको संक्रमण कति लामो समयसम्म रहन्छ भन्ने यकिन नभएको चिकित्सकले जनाएका छन् ।