बंगलादेशमा सरकारी कोटाको विरोधमा प्रर्दशन हिंसात्मक बन्दै
- काठमाडौंबंगलादेशमा सरकारी कोटाको विरोधमा प्रर्दशन हिंसात्मक बन्दै गएपछि सुरक्षा सतर्कता उच्च पारिएको छ ।
बंगलादेशको राजधानी ढाकामा इन्टरनेट सेवा अवरुद्ध गरिनुका साथै टेलिफोन लाइन समेत बन्द गरिएको बीबीसीले जनाएको छ ।
प्रदर्शनकारीले हिजो सांझ बंगलादेशको सरकारी टेलिभिजन बीटीभीभित्र पसेर तोड्फोड समेत गरेका छन् ।
टेलिभिजन भवनको फर्निचर, झ्याल, बत्तीहरु तोडफोड गरिनुका साथै केही भागमा आगजनी समेत भएको जनाइएको छ ।
घटनापछि टेलिभिजनको प्रशारण बन्द गरिएको त्यहांको संचार मन्त्रालयले जनाएको छ ।
आधाभन्दा बढी कर्मचारी टेलिभिजनको भवनबाट भागेका थिए ।
बीटीभीले सामाजिक संजाल फेसबुकमा पोस्ट गर्दै टेलिभिजनको भवनभित्र धेरै जना फसेको र आगो निभाउन अग्नि नियन्त्रकलाई अपिल गरेको थियो ।
केहीदिन देखि जारी प्रदर्शनका कारण ३२ जनाको मृत्यु भएको जनाइएको छ ।
बंगलादेशको स्वतन्त्रताका लागि लडेकाहरुको परिवार तथा सत्तारुढ दल समर्थितहरुका लागि आधाभन्दा बढी कोटा निर्धारण गरिएको भन्दै विरोध प्रदर्शन भएको हो ।