अन्तर्राष्ट्रिय

नेतन्याहुले अमेरिकी कंग्रेसमा गरेको भाषण झूटाले भरिएको टिप्पणी

- केएफएम डेस्ककाठमाडौं

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी संसदमा गर्नुभएको संवोधन झूटले भरिएको विद्रोही समूह हमासले टिप्पणी गरेको छ ।

युद्धविराम सम्वन्धमा नेतान्याहू गम्भिर नरहेको एवं बन्धक रिहा गर्ने सहमतिको प्रयासलाई थप विफल पारेको हमासको प्रतिक्रिया छ ।

अमेरिकाको राजधानी वासिंगटन डिसीमा प्रदर्शनकारीहरुको विरोधकाबीच नेतान्याहुले अमेरिकी संसदमा सम्बोधन गर्नुभएको थियो ।

 गाजामा युद्धविराम सम्झौता हुन नसकेको भन्दै दवाव स्वरुप नेतान्याहुविरुद्ध प्रदर्शन भएको अलजजिराले जनाएको छ ।

गत अक्टोबर ७ मा हमासले गरेको आक्रमण विरद्ध इजरायलले प्यालेस्टाइनका विभिन्न क्षेत्रमा हमला गर्दै आएको छ ।

इजरायल हमलामा परिप्यालेस्टाईनमा कम्तीमा ३९ हजार १ सय ४५ जनाको मृत्यु भएको छ र ९० हजार २ सय ५७ जना घाइते भएका छन् ।